तस्बीरः गुगल ।

हेटौँडाः हेटौँडामा गोलभेडाको थोक मूल्य प्रतिकेजी १ सय ४० रुपैयाँ पुगेकोे छ । गोलभेँडाको उपभोक्ता मूल्य भने प्रतिकेजी १ सय ६० रुपैयाँदेखि १ सय ८० रुपैयाँसम्म कायम भएको छ । हेटौँडा–१, राप्तीबगरस्थित तरकारी व्यवसायी जगत लामाले गोलभेँडाको मूल्य बढेको जानकारी दिनुभएको छ ।

छिमेकी मुलुक भारत निर्यात भएसँगै गोलभेँडाको मूल्य बढेको हो । १० दिन अगाडि गोलभेँडाको उपभोक्ता मूल्य प्रतिकेजी १ सय २० रुपैयाँ रहेको थियो । हेटौँडाको थोक बजारमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको बुढीचौरबाट थोरै मात्रामा आइरहेको छ भने धेरैजसो काठमाडौंबाट आउने व्यवसायी लामाले जानकारी दिनुभयो । भारतमा निर्यात भएसँगै किसानले राम्रो मूल्य पाएको लामाको बताउनुभयो ।

यसअघि भारतमा निर्यात भएसँगै अदुवाको थोक मूल्यमा उल्लेख्य वृद्धि भएको थियो । भारतमा निर्यात रोकिएसँगै हेटौँडामा अदुवाको मूल्य घटेको छ ।