हेटौँडाः हेटौँडा–९, मयुरधामस्थित मानवसेवा आश्रम र हेटौंडा उपमहानगरपालिकाले उपमहानगरभित्रका २ बालबालिकासहित सडक आश्रित ११ जनाको उद्दार गरिएको छ ।
शनिबार हेटौँडा बजार क्षेत्रमा संयुक्त अनुगमन गर्दै विभिन्न क्षेत्रबाट २ जना बालबालिका, एक जना महिला र ८ जना पुरुषको उद्दार गरिएको हो । यसै वर्षको मङ्सिर महिनाभित्र हेटौँडा उपमहानगरलाई बालमैत्री पालिका घोषणा गर्ने तयारीकै क्रममा सडक आश्रित मानवहरुको उद्दार गरिएको हो ।