हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, मानेडाँडामा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा मनहरी गाउँपालिका–६, बस्ने रन बहादुर प्रजा रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार प्रजा मानेडाँडामा मृत फेला परेका थिए । घटनास्थल नजिक राइनो ५०५ नामक विषदीको बोतल फेला परेको प्रहरीले जनाएको छ । प्रजाको शव मुचुल्का पश्चात पोष्टमार्टमको लागी हेटाँैडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।