गुगल फोटो ।

हेटौंडाः मकवानपुर प्रहरीले एक वर्षमा ६ टनभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले ६ हजार २५ केजी लागूऔषध गाँजा बरामद गरेको हो । गत आर्थिक वर्षमा प्रहरीले बरामद गरेको गाँजा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा करिब ३ गुणा बढी छ । आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर प्रहरीले २ हजार ६ सय केजी गाँजा बरामद गरेको थियो ।

गत आर्थिक वर्षमा मकवानपुर प्रहरीले चरेस २१ केजी, अफिम १४ केजी र खैरो हेरोइन ४९ ग्राम बरामद गरेको छ । यस्तै, नाइट्रोभेट ४ हजार ४ सय २ ट्याब्लेट, डाइजेपाम १ हजार ३ सय ५३ ट्याब्लेट, फेनारगन १ हजार ३ सय १ ट्याब्लेट र कोरेक्स १ हजार ५ सय ४० बोतल बरामद गरेको छ । गत आर्थिक वर्षमा १ सय १५ मुद्दामा मकवानपुर प्रहरीले २ सय ४५ जनालाई पक्राउ गरेको थियो । जसमा २३ जना भारतीय नागरिक रहेका छन् भने बाँकी नेपाली नागरिक रहेका छन् ।