साङ्केतिक तस्विर

हेटौंडाः हेटौँडा–१० स्थित राप्तीखोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेर ४० मिनेटको समयमा राप्ती पुलबाट १० मिटर तल एक पुरुषको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

मंगलबार राप्ती खोलामा स्थानीय ४ जना केटाहरु पौडी खेल्ने क्रममा अन्दाजी २५ वर्षको पुरुष पानीमा डुबिरहेको देखेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेपछि प्रहरी नायव निरीक्षक लाल बहादुर सुनारको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । उक्त पुरुषलाई उद्धार गरेर उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएकोमा १ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । पौडी खेलिरहका ४ जना जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गरिहेको प्रवक्ता कार्कीले बताउनुभयो ।