गुगल तस्विर ।

हेटौँडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८, घर भई हाल चितवन खैरेनी नगरपालिका–८, बस्ने ४५ वर्षीय नर बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ८६५८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि थापालाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियोे । उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेटमा थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।