हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–२ स्थित सीता माविमा बुधबार विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालयले अघिल्लो दिनै अभिभावक भेला बोलएकोमा २०० जना अभिभावकको उपस्थिति रहेको थियो । त्यसमध्ये, सर्वसम्मतीमा ६ जना अभिभावक विद्यालय व्यवस्थापन समिति सदस्य चयन गरिएको प्रधानाध्यापक दुधलाल घलानले जानकारी दिनु भयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ चयन हुनु भयो । व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि प्रल्हाद रुपाखेती र वडा सदस्यबाट सुकराम थिङ चयन हुनु भएको छ । सदस्यमा रत्न बहादुर स्याङ्तान, हिरा माया रुम्बा, पातली गोले, इन्द्र बहादुर थिङ, सुकुमाया डिम्डुङ् चयन हुनु भएको छ । शैक्षिकसत्र २०८० का निमित्त हरेक चुनौतीलाई अवसरको रुपमा लिई विद्यार्थी र विद्यालयको सर्वाङ्गिण विकासमा विद्यालय व्यवस्थापन समिति अग्रसर रहने प्रधानाध्यापक घलानले बताउनुभएको छ ।