पारिजातपथको खाल्डाखुल्डी पुर्दै ।

हेटौँडाः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरले बिहिबार बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्यबजार क्षेत्रका सडकको खाल्डाखुल्डी पुरेका छन् । धेरै समयदेखि बजारक्षेत्रका प्रमुख सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम रहे पनि उपमहानगरपालिकाको कार्यालयको ध्यान जान नसकिरहेका बेला विप्लवका युवा संगठनले खाल्डाखुल्डी पुरेका हुन् ।

हेटौँडाको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडकका खाल्डाखुल्डीमा बालुव राखेर पुरिएको छ । युवा संगठनले सम्बन्धित निकायमा पटक–पटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायले काम नगरेपछि आफ्नै पहलमा उक्त खाडल पुर्ने काम गरेको जनाएको छ ।

युवा संगठन नेपाल मकवानपुरका इन्चार्ज किरण सी, अध्यक्ष सुनिल सी लगायतका युवाले खाल्डाखुल्डी पुर्ने काम गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला सदस्य कैलाश सी, रामजी सी, मोहन सीको पनि उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी, केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सूर्य सीसहित जिल्ला कमिटी सदस्यको सहभागिता रहेको थियो ।