लागू औषध विरुद्व सचेतना र्यालीमा सहभागीहरु ।

हेटौंडाः लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा सचेतना र्याली भएको छ । सोमबार जिल्ला लागूऔषध नियन्त्रण अभियान समिति/ रिकभरीङ नेपाल मकवानपुर, सामुदायिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा लागूऔषध दुरुपयोगविरुद्ध सचेतना र्याली गरिएको हो ।

रिकभरीङ नेपालको केन्द्रीय सदस्य सौजन डीसीको नेतृत्वमा र्याली भएको हो । र्यालीमा संस्थाको बागमती प्रदेश उपाध्यक्ष निर्मल बिडारी, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, सामुदायिक प्रहरीका प्रतिनिधिहरु, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । र्यालीमा ब्यानर, प्लेकार्ड प्रदर्शन गरिएको थियोे ।

र्याली जिल्ला प्रहरी कर्यालय मोडबाट सुरु भई बसपार्क, टीसीएन रोड, सीमाचोक हुँदै बुद्धचोकमा पुगेर सम्पन्न भएको हो । र्यालीमा ‘लागूऔषध लिने बानी, स्वास्थ्य र धनजनको हानि’, ‘लागूपदार्थको नशा, जीवनको दुर्दशा’, ‘हामी सबैको आवाज, लागूऔषधमुक्त समाज’, ‘स्वच्छ जीवन उच्च विचार, लागूऔषधको गरौं बहिस्कार’, ‘लागूऔषध त्यागौं, स्वस्थ्य र सुखी जीवनतर्फ लागौं भन्दै नारा लगाइएको थियो ।