हेटौँडाः कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८, गंगटेमा कार अनियन्त्रित भई खोचमा खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा कारमा सवार मकवानापुरको भिमफेदी गाउँपालिका–५ का ४५ बर्षीय राजकुमार बल र चालक हेटौँडा–३, बसामाडीका ३० बर्षीय बिबेक लामा रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा बि सि ए ०५३७ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा बलको छातीमा चोट लागेको र बोल्न सक्ने अवस्थामा दुर्घटनास्थलबाट उद्दार गरी उपचारका लागि हेटौँडातर्फ पठाएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ । चालक लामा बीच भागतिर अड्किएको अवस्थामा रहेको र उनको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभएको छ ।