शनिबार हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले विद्यालयमा विदा थप गरिएको सूचना ।

हेटौँडाः हेटौँडा उपमहानगर क्षेत्रका विद्यालयमा थप दुई दिन विदा हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले शनिबार दिउँसो एक सूचना प्रकाशित गर्दै गर्मी मौसममा सुधार नआएको र सरोकारवालासँग छलफलपछि विद्यालय दुई दिन जेठ २८ र २९ गते विद्यालयमा भौतिक उपस्थित भएर पठनपाठन बन्द रहने जानकारी गराइएको छ ।

जेठ ३० गतेदेखि भने बिहानी कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालयलाई अनुरोध समेत गरिएको छ । विद्यालय विदा रहेको समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षितरुपमा रहने व्यवस्था मिलाउन, बालबालिकालाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नदिन, नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन पनि महाशाखाले आग्रह गरेको छ ।