गुगल तस्विर ।

हेटौँडाः सिन्धुली, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा विभिन्न घटनामा परी ५ जनाको मृत्यु भएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१०, कर्थामा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीया शिव कुमारी कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

कार्की शुक्रबार बिहान उठेर आफ्नै घरको पेटिमा हिँड्ने क्रममा अचानक सर्पले टोकेको थियो । कार्कीलाई उपचारको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जना लागी सर्पदंस अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ सरस्वतीलेखमा पिङ खेल्ने क्रममा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया सिम्रन घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शुक्रबार घलान गोठमा आमाको कुर्ताको कपडाको पिङ बनाई खेल्दा सोही कपडा घाँटीमा अल्झिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुली जिल्लाकै फिक्कल गाउँपालिका–४, पोखरीडाँडामा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कमलामाई नगरपालिका–८ हर्दिया बस्ने ३२ वर्षीय उज्वल बराल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बराल सोमबार काठमाडौं जान्छु भनी हिँडेकोमा घर परिवारसँग सम्पर्क नगरेकोले आफन्तले खोजतलास गर्दा घरबाट ३ सय मिटर पर पाखो बारीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–९, ज्यामिरेमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय काले कामी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । कामी शुक्रबार बिहान घरबाट निस्की हिँडेकोमा दिउँसो घरबाट २ सय मिटर पर भिरबाट २० फिट तल भिरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाको तादी गाउँपालिका–४ मा खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईन्द्रावती गाउँपालिका–८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । श्रेष्ठ शुक्रबार खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको थियो ।