हेटौँडाः आइतबारदेखि हेटौँडा उपमहानगरभित्रका विद्यालयहरु तत्काल खोल्ने या नखोल्ने भन्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ । शनिबार विहान हेटौँडा उपमहानगरले आयोजना गरेको छलफलमा अझै तापक्रम उच्च रहेकाले विद्यालय तत्काल नखोल्ने विषयमा छलफल भएको छ ।

हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालका अनुसार विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयको आधिकारिक जानकारी उपमहानगरले शनिबार बेलुकासम्म सूचना सार्वजनिक गर्नेछ । गर्मी अत्यधिक बढेपछि जेठ २० गते उपमहानगरले सूचना जारी गर्दै २१ गतेदेखि २६ गतेसम्मका लागि विद्यालयमा विदा दिने निर्णय गरेको थियो ।