मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगनमा आयोजित शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–५ मा निःशुल्क आँखा शिविर भएको छ । ३ सय २० जनाले आँखा परीक्षण गरेका मध्ये २६ जनामा मोतिबिन्दु पहिचान भएको छ । ८६ जनाको आँखामा समस्या देखिएका कारण चस्मा वितरण गरिएको मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताउनु भयो ।

हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मनहरी गाउँपालिकाको आयोजना तथा ५ नम्बर वडा कार्यालयको सह–आयोजनामा शुक्रबार बसन्तपुरको वडा कार्यालयमा निःशुल्क आँखा शिविर भएको हो । मोतिबिन्दु भएकाहरुलाई सोमबार बोलाइएको र अवस्था अनुसार मंगलबार शल्यक्रिया हुने अस्पतालको फिल्ड कार्यक्रम संयोजक सुशील कुमार सिंहले बताउनु भयो । वडा अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षमा भएको शिविरमा गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल, वडा सचिब बिदुर पाठक, आँखा अस्पतालको फिल्ड कार्यक्रम संयोजक सुशील कुमार सिंह, वडा सदस्यहरु, टोल विकास समितिको प्रतिनिधिहरु, स्थानीय स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।