हेटौँडाः हेटौँडा–२ मा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन शिलान्यास गरिएको छ । मंगलबार जलेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिर परिसरमा भवन शिलान्यास गरेको हो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले भवन शिलान्यास गर्नुभएको हो ।
वडाको १० लाख रुपैयाँ बजेटमा एक तल्ले भवन निर्माण गरिने समितिले जनाएको छ । वृद्धवृद्धाहरुको योग कक्षका लागि उक्त भवन प्रयोग हुनेछ । जसमा वृद्धवृद्धाहरुले मनोरञ्जन लिन सक्नेछन् । आउँदो असार १५ गते भवन निर्माण गरिसक्ने हेटौँडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ ।