हेटौँडाः नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क को आयोजनामा बिहीबार हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया गरेको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तर्गत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को क को भेला भएको हो ।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को क का प्रदेश सभापति सुशान्तकुमार श्रेष्ठको सभाध्यक्षता, कांग्रेसा केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्य तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यमा कार्यकर्ता भेला तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको जिज्ञासा र पार्टीको भावी रणनीतिको बारेमा नेताद्वय डिना र बानियाँले जवाफ दिनुभएको थियोे ।
अन्तरक्रियामा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति धर्मराज लामिछाने, महासमिति सदस्य जयराम लामिछाने, जिल्ला सदस्य आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जन, गढी गाउँपालिका सचिव आईतसिं लो, बकैया ७ का वडासभापति पोषबहादुर घिमिरेलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।