हेटौंडाः वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले हेटौंडास्थित मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले आश्रममा आश्रितको सेवा कार्यमा सहयोग गर्न नगद २१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । आज आश्रममै पुगेर उहाँले सहयोग गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरणका लागि आश्रममा पुग्नु भएका विष्टले आश्रितलाई बिहानको खाना समेत वितरण गर्नुभयो । लकडाउनका बेला आश्रममा आश्रितको खानाका लागि समेत सहयोगको आवश्यकता भएको आश्रममा अभियन्ताहरुले बताएका छन् ।