मापदण्डविपरितका संरचना हटाउँदै नगर प्रहरी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । विशेषगरी बजारक्षेत्रका पसल तथा व्यावसायिक संस्थाले सडकपेटीमा हिँड्ने पैदलयात्रुलाई असहज हुने गरी सामग्री राख्ने तथा मापदण्डविपरित बनाइएका ट्रसका संरचना हटाउन सुरु गरेको हो ।

नेपाल प्रहरीको समेत सुरक्षा सहयोगमा हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले सोमबारदेखि संरचना भत्काउन सुरु गरेको हो । उद्योग वाणिज्य संघ अगाडिबाट सोमबार सुरु गरिएको मापदण्डविपरितका संरचना हटाउने कार्य मंगलबार हेटौंडा बजारको राप्तीरोड क्षेत्रमा भइरहेको छ । मापदण्ड विपरितका संरचना हटाउने प्रयासमा कुनै किसिमको अवरोध नभएको र सहजरुपमा कार्य भइरहेको नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिनुभएको छ ।