हेटौंडाः आइतबार हेटौंडामा वन तथा वातावरणसम्बन्धी दोसो चौमासिक अवधिको प्रगति समीक्षा र योजना तर्जुमा गोष्ठी सुरु भएको छ । आर्थिक वर्ष २०७९–०८० को प्रगति समीक्षा र आर्थिक वर्ष २०८०–०८१ का लागि योजना तर्जुमा गोष्ठी सुरु भएको हो ।
सोमबारसम्म चल्ने उक्त गोष्ठीको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुभएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत् वन निर्देशनालयले कार्यक्रम आयोजना गरेको हो । गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाको डिभिजन वन कार्यालय प्रमुखहरुको उपस्थिति रहेको छ ।










