हेटौंडाः हेटौंडा–८ स्थित ओमनगरमा संयुक्त महिला कृषि समूहलाई वडा कार्यालयले उन्नत जातको गाई अनुदान दिएको छ । शनिबार एक कार्यक्रमका बीच वडाले ५ लाख रुपैयाँ बराबरको ७ वटा गाई कृषि समूहका सात जना महिलालाई वितरण गरेकोे वडा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
कृषि समूहमा १२ जना महिला रहेकोमा ७ जनाले अनुदानको गाई लिएकोे उहाँले बताउनुभयो । समूूहका महिलाहरुलाई आत्मनिर्भर बनाउन आयआर्जन बढाउने उद्देश्यले वडाले गाई वितरण गरेको उहाँको भनाइ छ । अनुदानमा गाई पाउने परिवारलाई आम्दानी गरेर आत्मनिर्भर हुन र परिवारमा भएका बालबालिकालाई नियमित विद्यालय जाने अवस्था सुनिश्चित गर्न पनि भनिएको वडा अध्यक्ष थापाले बताउनुभएको छ । भूमिहिन विपन्न परिवार भएकोले आम्दानीको अवसर सिर्जना भएसँगै मादक पदार्थ सेवन गर्ने प्रवृत्ति हटाउन पनि भनिएको उहाँले जानकारी दिनुभएको छ ।