कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरु भएदेखि यसलाई लिएर विश्व समुदायले फरक फरक विश्लेषण गरे । आज विश्व समुदाय कोरोना भाइरसको संक्रमणबाट अत्यन्त जोखिम र त्रासमा छ । कोरोना भाइरसलाई लिएर अनेकौं विश्लेषण भइरहेका छन् । यसै सन्दर्भमा हेटौंडा–५, भैरवरोडस्थित जीएस निकेतन माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी समर्पण न्यौपानेले ‘कोरोना फल’ शीर्षकमा कविता रचना गर्नुभएको छ । जसले कोरोना भाइरसको यथार्थलाई सटिक रुपमा प्रस्तुत गरेको छ ।

कोरोना फल

समर्पण न्यौपाने

कोरोना,
यो रोग मात्र होइन !
यो साझा समस्या हो
चिनियाँ लापरवाह सरकारको
अमेरिकी अफवाह र तिरस्कारको
र, सेनाप्रति अहंकारको ।

यो साझा समस्या हो,
स्वार्थी भ्रष्टाचारको
असुरक्षित शिष्टाचारको
र, भविष्य नसोँच्ने संस्कारको

अझ भनौं
यो त फल हो
फाइदामुखी बजारको
छिट्टै नहुने खोज र उपचारको
र, यो फल हो मानव दुराचारको ।।