हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा सभाकक्ष निर्माण कार्य सुरु भएको छ । बुधबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सभाकक्षको शिलान्यास गर्नुभएको छ । सभाकक्ष निर्माणका लागि संघीय सरकारबाट ७० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।
५ सय विद्यार्थी सहभागी हुन सक्ने सभाकक्ष निर्माणका लागि प्राप्त बजेट आगामी असार मसान्तसम्म खर्च गरिसक्ने र आगामी आर्थिक वर्षमा पनि थप बजेट माग गरी निर्माण कार्य पूरा गर्नुपर्ने विद्यालयका शिक्षक कृष्णगोपाल श्रेष्ठ बताउनुहुन्छ । संघीय सरकारबाट प्राप्त बजेटले सभाकक्ष निर्माणको कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो ।