मुक्तक–१
दुनियाँ तीनछक परुन् यसरी उसको जीवनमा आउन चाहन्थे
किन बुझ्दैन तोर्पे म मेरो रंगीन सपना उसँग सजाउन चाहन्थे
माया त बेजोड थियो एकअर्कामा बस् फरक यति थियो
उ दुनियाँको सामु देखाउन चाहन्थ्यो म माया लुकाउन चाहन्थे
मुक्तक–२
न भनियो भोकप्यास न भनियो थकाई सुरुसुरुमा
एकैनास लागी परियो सधैं खाई नखाई सुरुसुरुमा
आजभोलि त बहुत मीठो प्यार बसेको छ मेरो पनि
नत्र त अप्रिय लाग्थ्यो लोकसेवा मलाई सुरुसुरुमा
मुक्तक–३
बाँच्ने आधार हौ र त नि तिमीलाई सम्झिन्छु
तिमीले भन्दाबढी म नि तिमीलाई सम्झिन्छु
हिँड्दै गर्दा गोरेटोमा प्रेमिल जोडि देखेँ भने
एकोहोरो हुन्छु अनि तिमीलाई सम्झिन्छु