हेटौंडाः मकवानपुरको इन्द्रसरोवर तालमा डुबेका राजकुमार सुवेदीको शव निकालिएको छ । प्रहरीले बुधबार दिउँसो सुवेदीको शव निकालेको हो ।
ईन्द्रसरोवर गाउँपालिका–१, मार्खुस्थित ईन्द्रसरोवर तालमा डुङ्गामा सयर गर्नेक्रममा बुधबार बिहान काठमाडौंको छैमलेका ३३ वर्षीय राज कुमार सुवेदी बेपत्ता भएका थिए । डुङ्गामा चडी ताल घुम्ने क्रममा डुङ्गामा ज्याकेट र जुत्ता, मोबाईल छोडी तालमा हामफालेका सुवेदी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।