हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा केही दिनयता तरकारीको मूल्य एकनास (स्थीर) रहेको छ । थोक तरकारी बजारका व्यवसायी मुन्ना केशरीले तरकारीको मूल्यमा खासै परिवर्तन नआएको बताउनुभयो ।
थोक बजारमा आइतबार बोडी प्रतिकेजी ७० रुपैयाँ, करेला प्रतिकेजी ८० रुपैयाँमा कारोबार भएको छ भने भिन्डी प्रतिकेजी १०० रुपैयाँमा विक्री भएको छ । काउली प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ । काँक्रो प्रतिकेजी १५ रुपैयाँ, गोलभेँडा प्रतिकेजी ३५ रुपैयाँ, आलु प्रतिकेजी १८ रुपैयाँ, प्याज प्रतिकेजी ३२ रुपैयाँ र बन्दा प्रतिकेजी १० रुपैयाँमा कारोबार भएको छ । यस्तै घिरौँला प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी प्रतिकेजी ५० रुपैयाँ, मटरकोशा प्रतिकेजी ७० रुपैयाँ र लौका प्रतिकेजी ४० रुपैयाँमा विक्री भएको छ ।
फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गाजर प्रतिकेजी २५ रुपैयाँ, मुला प्रतिकेजी ३० रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी ८० रुपैयाँ, सजीवन प्रतिकेजी १०० रुपैयाँ र रुख कटहर प्रतिकेजी ८० रुपैयाँमा कारोबार भएको व्यवसायी केशरीले जानकारी दिनुभयो । यस्तै फलफूलमा फुजी स्याउ प्रतिकेजी २६० रुपैयाँ, अंगुर प्रतिकेजी १०० रुपैयाँ, कालो अंगुर प्रतिकेजी १७५ रुपैयाँ, भुईकटर प्रतिगोटा १५० रुपैयाँ र खरबुजा प्रतिकेजी ४५ रुपैयाँ रहेको फलफुल व्यवसायी सन्तोस श्रेष्ठले जानकारी दिनुभएको छ ।