ट्रफि प्रदान गरिदै ।

हेटौंडाः पहिलो दुई खेलमा पराजित घरेलु टोली मकवानपुरले तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट श्रृंखलाअन्तर्गत अन्तिम खेलमा घरेलु टोली मकवानपुरले चितवन क्रिकेट टिमलाई हराएको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको खेलमा मकवानपुरले चितवनलाई ३ विकेटले हराएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको चितवनले ३५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको मकवानपुरले ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । मकवापुरका लागि कप्तान सुमन सुनारले ५१ बलमा ४९ रन, शुभ कंशाकारले २५ बलमा ४६ रन, गोकुल अधिकारीले २४ बलमा २० रन, रिजन ढकालले १८ रन, सक्षम बास्ताकोटीले १२ रन र दीपन बानियाँले ११ रन बनाए ।

खेलको म्यान अफ द म्याच कंशाकार घोषित भए । चितवनका लागि ओपनर सूर्यांशु कोइरालाले ३९ रन जोडे भने जेनिथ क्षेत्रीले २४, सनम बुढाथोकीले २१ र साकार ढकालले २० रन जोडे । हेटौंडाको हुप्रचौरमा सोमबारदेखि सुरु भएको तीन एकदिवसीय मैत्रीपूर्ण श्रृंखलामा चितवनले पहिलो दुई खेल जित्दै ट्रफी प्राप्त गरेको छ । यसअघि पनि मकवापनुर र चितवन क्रिकेट टिमबीच मैत्रीपुर्ण खेलहरु आयोजना भइसकेको छ ।