हेटौंडाः हेटौंडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा हाजिरीजवाफ एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा क्याम्पसका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ एवम् आन्तरक्रिया कार्यक्रम भएको क्याम्पसका प्राध्यापक नवीन मिश्रले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम कुञ्ज भावना भट्टराई खत्री भएकी छिन् । यस्तै द्वितीय कुमारी घिसिङ, तृतीय आरती थापा र सान्त्वना अनुपा थापा मगर भएका छन् । प्रतियोगितामा ३२ जना विद्यार्थीहरु सहभागी थिए ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई स्टेशनरी सामान पुरस्कार वितरण गरिएको छ । प्रथम हुनेलाई शब्दकोष एवम् द्वितीय, तृतीय र सान्त्वना हुनेलाई ठूलो डायरी र कलम वितरण गरिएको हो । प्रतियोगितामा १० वटा समसामयिक विषयमा प्रश्नहरु सोधिएको जनाइएको छ । प्रतियोगिताका निर्णायकमा विष्णुमान श्रेष्ठ, नवीन कुमार मिश्र र गहन खतिवडा रहनु भएको थियो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष उज्जल चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।