दृष्टिविहीन आकाश मगर ।


हेटौंडाः झापा जिल्लादेखि १९ वर्षीय दृष्टिविहीन एक युवक जीवनयापनका लागि खर्च जुटाउन हेटौंडा आइपुगेका छन् । बाल्यकालमै आँखामा गम्भीर समस्या आएपछि उनी दृष्टिविहीन बन्न पुगेका हुन् । बाबुआमाविहीन आकाश मगर दुबै आँखाले दृष्टि गुमाएका छन् । मगर केही समयदेखि सार्वजनिक ठाउँमा सहयोगीका साथमा गीत गुन्गुनाउँदै हिँडिरहेका छन् । उनले पूर्वदेखि सुरु गरेको खर्च जुटाउ अभियानमा आइतबार हेटौंडा आइपुगेका बताउनुभयो । यस्तै, मंगलबार चितवन जिल्ला प्रस्थान हुने उहाँको भनाइ छ ।

‘आफू ५ वर्षको हुँदा उपचारको क्रममा बाबुको निधन भयो । १० वर्षको उमेरमा आमा गुमाउनुपर्‍यो ।’ उहाँले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि र विहान बेलुकाको छाक टार्न समस्या परेपछि खर्च जुटाउन गीत गाउँदै हिँड्नु परको उहाँको भनाई छ । क्यान्सर रोगले बाबु–आमा गुमाउनु परेको जानकारी दिनुभयो । तत्पश्चात् आफूले संघर्षको जीवन बिताउनु परेको मगरले जानकारी दिनुभयो । मगर भन्नुहुन ‘आखाको भित्री नशा सुकिएको छ जसले गर्दा शल्यक्रिया गर्न मिल्दैन’, उहाँले भन्नुभयो ।

दैनिक २ हजार ५ सय रुपैयासम्म खर्च जुटाउने गरेको उहाँले बताउनुभयो । खर्च जुटाउन अभियानका क्रममा व्यवसाय गँरेर हिँड्ने गरेको आरोप आफूलाई लाग्ने गरेको मगरका छिमेकी युविना लिुम्बुले गुनासो गर्नुभयो । किराना पसल सञ्चालन गर्दै आइरहेको मगरले बताएका छन् ।

दृष्टिविहीनका लागि मानवताको नाताले आफ्नो समय खर्चिएको कुरालाई पनि बुझ्न उहाँले आग्रह गर्नुभयो । दृष्टिविहीन भएकै कारण अपहेलित हुनु परेपछि यो अभियानमा साथ दिएको बताउनुभयो । कसैले उधारो र सापटी दिँदैन् उहाँले भन्नुभयो । जसले गर्दा एक महिना दृष्टिविहीन मगरको जीवनयापनका लागि खर्च जुटाउ अभियानमा हिँडेको जानकारी दिनुभयो । करिव ४ दिनदेखि अटोमा ३ जना पूर्वदेखि उक्त अभियान निस्केको उहाँले बताउनुभयो ।