सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–फापरबारी–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८, साततलेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान ४ बजेको समयमा फापरबारीबाट हेटौंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदलयात्री बकैया गाउँपालिका–८, खजुरीदमारका ५० बर्षीय दिल बहादुर स्याङतानलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । स्याङ्तानको उपचारको क्रममा बुधबार बिहान ६ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्याङ्तानलाई ठक्कर दिने मोटरसाइकलका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।