मंगलबार मृत अवस्थामा भेटिएको चित्तल ।

हेटौंडाः हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको जंगलमा एक साताको बीचमा दुईवटा चित्तलको मृत्यु भएको छ । बिहीबार कुकुरको आक्रमणबाट चित्तलको पाठोको मारिएको थियो भने मंगलबार एउटा वयस्क चित्तल मृत अवस्थामा फेला परेको छ ।

वन विज्ञान क्याम्पसका विद्यार्थी सुजन खतिवडाकाअनुसार मंगलबार दिनको ४ बजेको समयमा वयस्क चित्तल मृत अवस्थामा फेला परेको हो । कुनै किसिमको घाउ, चोट नभएका कारण विष खाएर मरेको आशंका गरिएको खतिवडाले जानकारी दिनुभयो । वन विज्ञान संस्थानको जंगलमा चित्तल, हरिणको बासस्थान रहेको छ । मृत चित्तल डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाइएको छ ।