८ औं जिल्ला भेला पश्चात खिचाइएको सामुहिक तस्विर ।

हेटौंडाः नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा कालु घलान सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुर (जिसस) को सभाहलमा भएको घेदुङको ८ औं जिल्ला भेलाले घलानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

घलानको नेतृत्वमा १९ जना कार्यसमिति सर्वसम्मत चयन भएका छन् । घेदुङको उपाध्यक्षमा आत्मराम मोक्तान र माया घलानलाई चयन गरिएको छ । यस्तै, सचिवमा किरण बल, सहसचिव नवराज मुक्तान र कोषाध्यक्ष सुरेश लामालाई चयन गरिएको छ । घेदुङका अध्यक्ष घलानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भेला भएको हो ।