हेटौंडाः हेटौंडामा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएका छन् । फाइनल खेल आज शनिबार हुनेछ । फाइनलमा १६ तौल समूहको फाइनल प्रतिस्पर्धा हुनेछ । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको प्रतियोगितामा पुरुषतर्फका ९ र महिलातर्फका ७ तौल समुहको सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएको हो ।

प्रतियोगिताको १६ विधाका फाइनल खेलहरु शनिबार ११ बजेदेखि सुरु हुनेछ । शनिबार हुने पहिलो खेलमा पुरुष ४८ केजी तौल समुहको फाइनलमा अल्फाका विशेष बुढा मगर र भाइबका सञ्जय लामाबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको प्रतियोगिताको सेमिफाइनल चरणमा पुरुषतर्फ ४८ केजी तौल समूहमा ललितपुरका प्रकाश कठायतलाई नकआउट गर्दै अल्फा बक्सिङ क्लबका मगर फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा भाइबका लामाले नक्साल बक्सिङ क्लबका मानव लामालाई नकआउट गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार हुने पुरुष ५१ केजी तौल समुहमा एबीसीका रबिन लिम्बु र बक्समाण्डुका प्रवल उप्रेतीबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार ५१ केजी तौल समूहको पहिलो सेमिफाइनल खेल अछाम जिल्लाको टिकाराम ऐडीलाई नकआउट गर्दै एबीसीका लिम्बु फाइनलमा प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा बक्समाण्डुका उप्रेतीले प्युठानका निरञ्जन चौधरीलाई नकआउट गर्दै फाइनलमा प्रवेश गरे ।

शनिबार हुने पुरुष ५४ केजी तौल समुहको फाइनलमा दाङका विवेक देवकोटा र अल्फाका जीवन महराबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ५४ केजी तौल समूहमा रुपन्देहीका अमृत ठाडारीलाई हराउँदै दाङका देवकोटा फाइनलमा प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा नक्साल बक्सिङ क्लबका पुकार जोशीलाई नकआउट गर्दै अल्पाका महरा फाइनलमा प्रवेश गरेको हो ।

पुरुष ५७ केजीतर्फ डिजी बक्सिङका आयुष श्रेष्ठ र बक्समाण्डुका आयुष थापाबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको पुरुष ५७ केजी तौल समुहको सेमिफाइनलमा रेज बक्सिङका निर्मल रिजाललाई नकआउट गर्दै डिजीका श्रेष्ठ फाइनल प्रवेश गरेका हुन् भने दोस्रो सेमिफाइनलमा दमकको योइल राईलाई नकआउट गर्दै बक्समाण्डुका थापा फाइनलमा प्रवेश गरेको हो ।

६० केजी तौल समुहको फाइनलमा भाइबका निराजन मोक्तान र डिजी बक्सिङका सौरब राईबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ६० केजी तौल समुहको पहिलो सेमिफाइनमा कैलालीका सिर्जन विकलाई नकआउट गर्दै भाइबका मोक्तान फाइनल प्रवेश गरेका हुन् भने दोस्रो सेमिफाइनल खेलमा एबीसीका एलिश शाहीलाई नकआउट गर्दै डिजीका राई फाइनल प्रवेश गरेका हुन् ।

शनिबार हुने ६३.५ केजी तौल समुहमा मकवानपुरका सोहन राई र नक्सालका प्रज्वल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ६३.५ तौल समुहको पहिलो सेमिफाइनलमा बक्समाण्डुका निमा श्रेष्ठलाई नकआउट गर्दै नक्सालका श्रेष्ठ फाइनल प्रवेश गरेको गरेको हो भने दोस्रो सेमिफाइनलमा ललितपुरका विकल राईलाई नकआउट गर्दै मकवानपुरका राई फाइनलमा प्रवेश गरे ।

पुरुषतर्फका ६७ केजी तौल समुहको फाइनलमा स्वीट्सका आभाष विक्रम शाह र बक्समाण्डुका लाक्पा शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ६७ केजी तौल समुहको पहिलो सेमिफाइनल खेलमा कञ्चनपुरका साहिलकरण मल्ललाई नकआउट गर्दै स्वीट्सका शाह फाइनल प्रवेश गरेका हुन् भने दोस्रो सेमिफाइनल खेलमा कास्कीका निश्चित भट्टाचार्यलाई नकआउट गर्दै बक्समाण्डुका शेर्पा फाइनल प्रवेश गरेका हुन् ।

पुरुषतर्फको ७१ केजी तौल समुहमा नक्सालका निमा दोर्जे तामाङ र भक्तपुरका प्रवेश बस्नेतबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ७१ केजी तौल समुहको पहिलो सेमिफाइनल खेलमा कास्कीका आयुष तामाङलाई पराजित गर्दै नक्सालका तामाङ फाइनल प्रवेश गरे भने दोस्रो सेमिफाइनल खेलमा रेजका आकाश तामाङलाई नकआउट गर्दै भक्तपुरका बस्नेत फाइनल प्रवेश गरेको हो ।

पुरुषतर्फको ७५ केजी तौल समुहको फाइनलमा सल्यानका दर्शन घर्ती मगर र डिजीबक्सका आयुन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ७५ केजी तौल समुहको पहिलो सेमिफाइनल खेलमा नक्सालका प्रज्वल श्रेष्ठलाई नकआउट गर्दै सल्यानका मगर फाइनलमा प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा अल्फाका पुष्प ओलीलाई पराजित गर्दै श्रेष्ठ फाइनलमा प्रवेश गरे ।

महिलातर्फका ४८ केजी तौल समुहको फाइनलमा अछामकी निर्मला एडी र बक्समाण्डुकी पूर्णिमा तामाङबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएकोे ४८ केजी तौल समूहको पहिलो सेमिफाइनलमा कास्कीकी नायरा मगरलाई नकआउट गर्दै अछामकी एडी फाइनल प्रवेश गरेकी हुन् भने दोस्रो सेमिफाइनलमा दमककी प्रतिक्षा राईलाई नकआउट गर्दै बक्समाण्डुुकी तामाङ फाइनल प्रवेश गरेकी हुन् ।

महिलातर्फको ५० केजी तौल समुहको फाइनलमा अछामकी झुमा भट्ट र रेजकी युजेना शर्माबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ५० केजी तौल समुहमा मकवानपुरकी रोशनी घलानलाई नकआउट गर्दै रेजकी युजिना शर्मा फाइनल प्रवेश गरिन् । शर्मा शुक्रबारको बक्सा अफ द डे घोषित भइन् । शर्मालाई हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरेले नगद ३ हजार रुपैयाँ प्रदान गर्नुभयो ।

महिलातर्फको ५२ केजी तौल समुहको फाइनलमा बक्समाण्डुकी माध्यिका अधिकारी र भक्तपुरकी भावना भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ५२ केजीतर्फ चितवनकी तिलमाया सारु मगरलाई नकआउट गर्दै भक्तपुरकी भण्डारी फाइनल प्रवेश गरेकी हुन् । महिला ५४ केजी तौल समुहको फाइनलमा थानकोटकी प्रितिका शर्मा र बक्समाण्डुकी आन्जी शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ५७ केजी तौल समुहमा ललितपुरकी सोनु कपाली र बक्समाण्डुकी प्रिती श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ५७ केजी तौल समुहमा दमककी स्मारिका राईलाई नकआउट गर्दै बक्समाण्डुकी श्रेष्ठ फाइनल प्रवेश गरेकी हुन् । महिलातर्फको ६० केजी तौल समुहमा एबीसीका सन्ध्या राई र भूमिकी बबिता क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ६० केजी तौल समुहको पहिलो सेमिफाइनल खेलमा चितवनकी जस्मिना गुरुङलाई नकआउट गर्दै एबीसीकी राई फाइनल प्रवेश गरेकी हुन् भने दोस्रो सेमिफाइनलमा उदयपुरकी बिर्सना राईलाई नकआउट गर्दै भूमिकी क्षेत्री फाइनल प्रवेश गरेकी हुन् ।

महिलातर्फ ६६ केजी तौल समुहको फाइनलमा कास्कीकी निशिका गुरुङबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएको ६६ केजी तौल समुहमा बक्समाण्डुकी प्रतिक्षा बिष्टलाई नकआउट गर्दै रेजकी सहिष्णा बिष्ट फाइनल प्रवेश गरेकी हुन् । प्रतियोगिताको विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।