बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गर्नुभएको हो । ‘खेलाडीको सम्मान र हौसलाका लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’ उहाँले भन्नुभयो । बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई बधाई दिनुहुँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताका लागि शुभकामना दिनुभएको छ ।

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।