पदभार ग्रहण पश्चात खिचिएको सामुहिक तस्विर ।

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समीमले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार समीमले पदभार ग्रहण गर्नुभएको हो ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, १० नम्बर वडा अध्यक्ष तथा छिमेकी भुटनदेवी मावि व्यवस्थापन समितिका अधयक्ष फूर्वा दोर्जे लामा, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, कानुन व्यवसायी मदन दाहाल, हेटौंडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको उपस्थितिमा नवनिर्वाचित अध्यक्षलाई पदस्थापित गरिएको हो । अभिभावक भेला सम्पन्न भएको एक महिनापछि सर्वसम्मत व्यवस्थापन समिति गठन गरिएको हो । १२ कक्षासम्म पठनपाठन हुने आधुनिक राष्ट्रिय माविमा दुई हजार छ सय १३ जना विद्यार्थी अध्ययनरत छन् ।