हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अटोचालक भीमफेदी–२, भैंसेका ६५ बर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार मध्यान्ह १२ बजेको समयमा भीमफेदी गाउँपालिका–४, गुन्डेङस्थित भित्रि सडकखण्डमा सानो गुन्डेङबाट भैंसेतर्फ आउँदै गरेको ना २ ह ४६८९ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सीमा खसी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।











