हेटौंडाः मकवानपुर जिल्ला बक्सिङ संघले अक्षय कोष स्थापना गरेको छ । मंगलबारबाट हेटौंडामा सुरु अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको अवसरमा कोषको विषयमा जानकारी दिनुहुँदै कोषमा ६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अक्षयकोषका लागि जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष एवम् नवोदय शिशु सदनका सञ्चालक दीपेश जोशीले १ लाख रुपैयाँ, हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशीले १ लाख रुपैयाँ, मकवानपुरका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेलले ५० हजार रुपैयाँ, हेटौंडा–५ का प्रकाश पुरीले ५१ हजार रुपैयाँ, हेटौंडा–२ का सुशीलप्रसाद सेनुरियाले ५० हजार रुपैयाँ, हेटौंडा–२ कै सम्राटबहादुर सिंहले ५० हजार रुपैयाँ र हेटौंडा–६ का भुपेन्द्र विष्टले ३५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

अक्षयकोषबाट हुने आम्दानीले खेल क्रियाकलापको आयोजना गर्न मद्दत पुग्ने अपेक्षा संघको छ ।