हेटौंडाः गैरसरकारी संस्था (गैसस) महासंघ जिल्ला शाखा मकवानपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा रमिला सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा भएको अधिवेशनबाट सापकोटाको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको कार्यकाल ४ बर्षको रहने छ । कार्यसमितिको उपाध्यक्षमा कुमारी वाइबा, सचिवमा सन्तोष पौडेल, सह–सचिव गोकर्ण तिवारी, कोषाध्यक्ष लक्ष्मी मोक्तान चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा अन्जन प्रसाद पौडेल, लक्ष्मी श्रेष्ठ, बिष्णु धिताल, सौजन डीसि, सन्दिप शाक्य, सम्राट सिलवाल, बालकुमारी डल्लाकोटी, सबिना न्यौपाने, कल्पना बिक र शान्ति स्याङ्वो रहनु भएको छ ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । अधिवेशनमा गैसस महासंघका सचिव बुद्धशरण लामा, गैसस महासंघ बागमती प्रदेश समितिकी अध्यक्ष आरती पाठक, जिल्ला प्रहरी प्रमुख (एसपी) वामदेव गौतम लगायतको उपस्थिति रहेको थियो ।











