बैंकमा धर्ना दिँदै व्यवसायी ।

हेटौडाः बैंकको ब्याजदर उच्च भएको भन्दै हेटौंडाका व्यवसायी आन्दोलित छन् । आन्दोलनलाई सहयोग गर्न मकवानपुरका बैंकहरुमा आज आइतबार पैसा जम्मा नगर्न उद्योग बाणिज्य संघ मकवानपुरले आग्रह गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ, संघमा आवद्ध वस्तुगत संघहरु, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यावसायिक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् । व्यवसायीहरुले फागुन २५ र २६ गते बैंकमा धर्ना दिने कार्यक्रम समेत गरेका थिए ।

चरणबद्ध बैंकको व्याज बिरुद्धको कार्यक्रम अन्तर्गत आज आइतबारबाट कुनैपनि बैंकमा पैसा जम्मा नगर्न व्यवसायीलाई संघले आग्रह गरेको छ । आर्थिक मन्दीले ग्रस्त उद्योग÷व्यवसाय क्षेत्र र सर्वसाधारणलाई थप पीडा दिन बैंकहरुले व्याजदर वृद्धि गरेकोप्रति आन्दोलन गर्न बाध्य भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । ३० गतेदेखि शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने कार्यक्रमहरु रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।