हेटौंडाः सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१०, खत्रीथोकमा आगोले पोलेर एक वृद्धको मृत्यु भएको छ । फागुन १४ गते दिउँसो २ बजेको समयमा आफ्नै बारीमा आगो बाली झारपात जलाउने क्रममा ७८ बर्षीय चन्द्र बहादुर सापकोटालाई आगोले पोलेको थियो ।
हात, खुट्टा र जिउमा आगोले पोलेर मध्यम घाईते भएका सापकोटाको काभ्रेस्थित धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालबाट थप उपचारका लागि सापकोटालाई फागुन १५ गते काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल अस्पतालमा लगिएको थियो । सापकोटाको उपचारको क्रममा बिहीबार राती १२ बजेको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।