हेटौैंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा बालसमूह गठन गरिएको छ । बिहीबार कक्षा–८ मा अध्ययनरत् सुप्रिया मोक्तानको नेतृत्वमा बालक्लब गठन गरिएको होे । मोक्तानको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हेटौंडा–८ का बालमैत्री सहजकर्ता रोजिता दंगालले जानकारी दिनुभयो ।
उपाध्यक्षमा दिपेन्द्र कुमार राम, सचिवमा प्रदिप पौडेल, कोषाध्यक्षमा भगवती आचार्य र सहसचिवमा सलोमी पराजुलीलाई चयन गरिएको छ । अध्यक्ष मोक्तानले समूह आवद्धबाहेक बालबालिकाहरुलाई पनि सिको हुने गरी काम गरिने प्रतिबद्वता जनाउनुभयो । यस्तै चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जीधराज ढकालले २०८० मंसिर मसान्तभित्र हेटौंडा उपमहानगरलाई बालमैत्री पालिका घोषणा गर्ने अभियानलाई अवलम्बन हुने गरी विद्यालयले काम गरिने प्रतिबद्वता जनाउनुभयो ।
बाल समूहलाई विद्यालय सक्दो सहयोग गरिने र अभिभावक भेलामा उत्कृष्ट सदस्यलाई समेत पुरस्कृत गरिने उहाँको भनाइ छ । वडा सहजकर्ता दंगालले बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियानमा सूचकहरु पुरा गर्दै दीर्घकालिन प्रतिफल आउने कार्य गर्न बाल समूह गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार हेटौंडा उपमहानगरको सबै विद्यालय, टोल, वडा र नगरमा बाल समूह र बाल सञ्जाल गठन गर्न लागिएको बताउनुभयो ।