हेटौंडाः शनिबार बिहान हेटौंडा–२, तिरतिरे धारा नजिकै मोटरसाइकललाई ठक्कर दिने स्कारपियो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा प्र ०३–००१ च ०८०२ नम्बरको स्कारपियो चालक हेटौंडा–५ का केशव राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईले चलाएको स्कारपियोको ठक्करले हेटौंडा–६, चौघडाका कृष्ण सापकोटाको मृत्यु भएको थियो ।
स्कारपियो चालक राईलाई आइतबार सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा प्रहरीले २५ हिरासतमा राख्न पाउने जनाएको छ । शनिबार मोटरसाइकल दुर्घटनामा परी हेटौंडा–६, चौघडाका कृष्ण सापकोटाको मृत्यु भएको थियो । शनिबार बिहान काठमाडौंबाट हेटौंडा आउने क्रममा हेटौंडा–२, तिर्तिरे धारा नजिक दुर्घटना हुँदा ४८ बर्षीय सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । आइतबार जिल्ला प्रहरी कार्यलयमा सापकोटाका परिवार पक्षले विरोध समेत जनाएका थिए ।