गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशका विभिन्न जिल्लामा भएको छुुट्टाछुट्टै घटनामा दुई दिनमा ६ जनाको मृत्यु भएको छ । नुवाकोट र चितवन जिल्लामा सोमबार भएको विभिन्न घटनामा ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यस्तै आइतबार धादिङ, चितवन र सिन्धुली जिल्लामा भएका विभिन्न घटनामा ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सोमबार नुवाकोट जिल्लाको मेगाङ गाउँपालिका–२, ढुलमणिमा भीरबाट लडेर ६० वर्षीय कृष्ण बहादुर घले मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घले किस्पाङ–४ साल्मे घर भई हाल बिदुर–१ सिमुटार सुकुम्बासी टोलमा बसोबास गर्दै आएका थिए । प्रहरीका अनुसार घले बा ८१ प ५३८३ नम्बरको मोटरसाइकल लिई हिडेकोमा मेघाङ गाउँपालिका–२ बुङ्ताङस्थित सडकको छेउमा बेवारिसे अवस्थामा भेटिएको थियो । घले बुङताङबाट साल्मेतर्फ जाने भित्री कच्ची सडकबाट २ सय मिटर तल ढुलमणि भिरमा खसेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, भरतपुर–३ न्युरोडमा ज्यालामजदुरी काम गरी बस्ने एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–२, मैनाबगर बस्ने ३५ वर्षीय सुमित राना मगर रहेको प्रहरीले जनाएको छ । राना मादक पदार्थ सेवन गरी लडिरहेको फेला पारी प्रहरीले उपचारका लागि भरतपुर अस्पताल पु¥याएकोमा उपचारको क्रममा ४ बजे डाक्टरले मगरलाई मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । सोमबार नै नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७, थानापतीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवपुरी गाउँपालिका–८ का २३ वर्षीय मनोज तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ भन्ज्याङ र गुरुङ गाँउ बीचको छहरेबाट काठमाडौंतर्फ पैदल आउँदै गर्दा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै आइतबार चितवन जिल्लाको रत्ननगर नगरपालिका–६, सौराहामा एकजना मृत फेला परेका छन् । होटल हर्मिटेज सौराहामा फागुन १९ गते ४ जनाको टोली काठमाडौबाट आई सौराहा बसेकोमा सन्देश बडाल मृत फेला परेका हुन् । काठमाडौं जिल्लाको महानगरपालिका बौद्ध बस्ने २५ वर्षीय सन्देश बडाल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । बडाल राप्ती नदीको एक सय मिटर तल बीच भागमा मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५, मुलकोटमा एकजना मानिसको शव फेला परेको छ । फेला पर्ने सुनकोशी गाउँपालिका–३ बस्ने ७० वर्षीय टेक बहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ घरबाट कसैलाई नसोधी हिँडेकोमा आइतबार बिहान ७ बजेर ४५ मिनेटको समयमा सुनकोशी नदिको बीचमा ढुंगामा अड्केको घोप्टो अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।

धादिङ जिल्लाको नेत्रावति गाउँपालिका–४ मा एकजनाको हृदघघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय कान्छा सुनार रहेको प्रहरीले जानकारी दिएको छ । सुनारलाई हृदघघात भई उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारको क्रममा ११ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।