हेटौंडाः शिक्षक फुटसल प्रतियोगिताको उपाधि हेटौंडा–८ स्थित कमाने एकेडेमीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नवोदय सी लाई ४–२ गोलअन्तरले पराजित गर्दै कमाने एकेडेमीले उपाधि जितेको हो । उपाधिसँगै कमाने एकेडेमीले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ८ वटा विद्यालय र एउटा क्याम्पस गरी ९ वटा शैक्षिक संस्थाबाट १२ टिमको सहभागिता रहेको थियो । फागुन १३ गते शनिबार र फागुन २० गते शनिबार दुई दिन प्रतियोगिता आयोजना गरिएको थियो । फागुन २० गते शनिबार हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको थियो ।











