हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको तीन दिवसीय खेलकुद महोत्सवको दोस्रो दिन बिहीबार ४ खेल सम्पन्न भएको छ । २५ औं स्थापना दिवसको अवसरसमेत पारेर म्यानेजमेन्टले कक्षा ११ र १२, स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीबीच एथ्लेटिक्सका विभिन्न प्रतियोगिता आयोजना गरेको हो । खेल शुक्रबारसम्म सञ्चालन हुने छ ।
बिहीबार भएको एक सय मिटर दौडमा सुजितकुमार पटेल इर्फान नदाफ र विवेक सहनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । एक सय मिटर दौडमै महिलातर्फ रोजिना उप्रेती, श्रीया भण्डारी र निर्जला मानन्धर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यस्तै, ४ सय मिटर दौडमा पुरुषतर्फ इर्फन नताब प्रथम, अमोध महतो द्वितीय र अर्जुन सिम्खडा तृतीय भएका छन् । ४ मिटर दौडकै महिलातर्फ श्रीया बिडारी प्रथम, निमता लोप्चन द्वितीय र गौरीमाया तामाङ तृतीय भएका छन् ।
४ सय मिटरको रिले दौडमा सहिल थापा, सनिस तामाङ, रोहित पण्डित र प्रतीक लामाको समूह प्रथम भएको छ । सोही प्रतियोगितामा सुजल भोलन, सुगम नेगी, श्रीजन लटौला र सिसम लामाको समूह दोस्रो भएको छ । महिलातर्फ ४ सय मिटर रिले दौडमा रीति फुयाल, स्वस्तिका तिमल्सिना, भावना श्रेष्ठ र अनामिका भण्डारीको समूह प्रथम भएको छ ।
यस्तै, सृजना तामाङ, उपासना काफ्ले, गौरीमाया तामाङ र आयुसा मानन्धरको समूह दोस्रो हुँदा श्रुती गौतम, आशिका राई, श्रेया खड्का र प्रनिता श्रेष्ठको समूह तेस्रो भएको छ । टेबल टेनिस प्रतियोगितामा पुरुषतर्फ असरफ अली प्रथम, रोनिस दाहाल द्वितीय र एन्जल गौतम तृतीय भएका छन् । टेबल टेनिसकै महिलातर्फ इच्छा श्रेष्ठ प्रथम, दिप्सीका धिताल द्वितीय र आशिका लामा तृतीय भएका छन् ।