हेटौंडाः नासा मकवानपुरको आयोजनामा सरोकार निकायका प्रतिनिधिलाई नेपालमा सडक सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थाबारे अभिमुखीकरण गराएको छ । मंगलबार मानवअधिकारकर्मी, ईन्जिनियर, पत्रकार, उद्यमी र शैक्षिक संघ, संस्था लगायतका सरोकारवाला निकायका व्यक्तिहरुलाई हेटौंडामा अभिमुखीकरण गराइएको हो ।
सडक सुरक्षाका युवा अभियन्ता प्रकृति अर्याल लगायतले नेपालमा सडक सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थाबारे अभिमुखीकरण दिइएको हो । जसमा अर्यायलले सुरक्षित सडक र यातायातका लागि युवाको भूमिका विषयमा सहजीकरण गर्नुभयो । उहाँका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण दुर्घटनाको दर बढेको छ । यस्तै, सहभागीहरुले तिव्र गतिमा सवारीसाधन चलाउनेहरुको निगरानी हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका ईन्जिनियर सत्यनारायण साहले ट्राफिक प्रहरीहरुको काम जरिवाना असुल्ने प्रयास मात्र रहेको गुनासो गर्नुभयो । जसमा चालकहरुले कतिको गतिमा सवारीसाधन चलाइरहेको भन्ने कुराको निगरानी नगरिएको भन्दै उहाँले यस्तो गुनासो गर्नुभयो । उहाँका अनुसार राजमार्गमा सिसिसि क्यामराको निगरानी गर्न सकेमात्र सम्भावित दुर्घटनाबाट बच्न सकिने छ ।