हेटौंडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुर ।

हेटौंडाः हेटौंडा–११, डाङ्डुङ्गेस्थित सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई प्रायः जस्तो दिनहुँ सहयोग आउने गरेको छ । भान्जाहरुको शिक्षा, स्वास्थ्य र लालनपालनका लागि मामाघरमा सहयोग लिएर सहयोगी दाता प्रायः दिनहुँ पुग्ने गरेका छन् । दुई दिनको अवधिमा मामाघरमा ६ जना सहयोगीदाताहरुले सहयोग गरेका छन् । बिहीबार र शुक्रबार जन्मदिन, स्वर्गीय आमाको स्मृतिको अवसरमा खाद्यान्नसहित नगद सहयोग गरिएको मामाघर नेपालले जनाएको छ ।

हेटौंडाका ६ जना सहयोगीदाताहरुले जन्मदिन तथा स्मृतिमा मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेका हुन् । हेटौंडा–४ निवासी सुरेन्द्र सेढाईले आफ्ना जन्मदिनको अवसरमा चामल २ प्याकेट, चाउचाउ २ कार्टुन सहयोग गरिएको छ । यस्तै फुरनदाना २ प्याकेट, बिस्कुट २ प्याकेट, तेल २ प्याकेट, चना २ प्याकेट, केराउ २ प्याकेट, सोयाबिन २ प्याकेट, दाल २ प्याकेट, चकलेट २ प्याकेट सहयोग गर्नुभएको छ । यसैगरी एलिस सत्यालको जन्मदिनको अवसरमा केक काटेर जन्मदिन मनाइएको छ । सोही अवसरमा साबुन ३ दर्जन, हार्पिक २ वटा, ब्रस १ वटा, मन्जन २ वटा, टुथ ब्रस १ दर्जन, सर्फ ५ किलोग्राम, डेटोल ह्यान्ड वास ५ वटा, भाँडा माझ्ने जालि ३ वटा सहयोग गरिएको छ ।

हेटौंडा–८ निवासी अप्सरा परियारले स्वर्गीय आमा सुन्तली दर्जीको ४५ औ पूण्यतिथिमा रात्रि भोजनको आयोजना गर्दै नगद १ हजार रुपैयाँ सहयोग गरिएको छ । हेटौंडा–१० निवासी बिनोद लिम्बुको जन्मदिनको अवसरमा केक काटेर खुशी साटासाट गर्दै फ्रुटि, बिस्कुटसहित २ हजार ५ सय रुपैयाँ नगद सहयोग गर्नु भएको छ । यस्तै, हेटौडा–११ निवासी बिनिता सेन्चुरीकी छोरी प्रनिता सेन्चुरीको पहिलो जन्मदिन मामाघरमा केक काटेर खुसी साटासाट गर्दै एक दिनको खानाका लागि खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ ।

बकैया–४ निवासी लक्ष्मी खड्काले स्वर्गीय आमा धनमाया खड्काको जन्मदिन तथा स्मृतिमा भान्जाहरुलाई आवश्यक सामग्री गर्नुहुँदै ५ हजार हजार ५ सय रुपैयाँ नगद सहयोग गरिएको छ । यस्तै, गत फागुन १ गते र ३ गतेपनि सहयोगीदाताहरुले सहयोग गरिएको मामाघर नेपालले जनाएको छ । मामाघरलाई जन्मदिन र स्मृति दिवसको अवसरमा प्रायः सहयोग प्राप्त हुने गरेको बताएको छ ।