कालिका माविको टिम ।

हेटौंडाः कैलाश गाउँपालिकामा बिहीबारदेखि सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । एथलेटिक्स, तेक्वान्दो, दौड र भलिबल प्रतियोगिता आयोजना गर्दै शुक्रबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको हो ।

कैलाश गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताका संयोजक लोकबहादुर मोक्तानको सभाध्यक्ष तथा कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवनसिंहको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन भएको हो । हाइजम्पमा छात्रातर्फ कालिका माध्यमिक विद्यालयकी गोमा बर्तौला प्रथम, रत्नज्योति माध्यमिक विद्यालयकी शोभा स्याङ्तान द्वितीय हुन सफल भएका छन् । यस्तै छात्रतर्फ कालिका माध्यमिक विद्यालयका प्रेम सुनार प्रथम र भवानी माध्यमिक विद्यालयका देवेन्द्र स्याङ्तान द्वितीय हुन सफल भएका छन् ।

लङजम्पमा छात्रातर्फ कालिका माविकी अनिषा कुँवर प्रथम र कालिका माविकै अस्मिता मोक्तान द्वितीय हुन सफल भएका छन् । छात्रतर्फ कालिका माध्यमिक विद्यालयका प्रेम सुनार प्रथम र सोही विद्यालयकै अनिल थिङ द्वितीय हुन सफल भएका छन् । एथलेटिक्स तर्फ १०० मिटर दौडमा छात्रतर्फ रत्नज्योति माविका सुजन जिम्बा प्रथम र कालिका माविका अनिल गोले द्वितीय हुन सफल भएका छन् । छात्रातर्फ कालिका माविकी अस्मिता मुक्तान प्रथम र सोही विद्यालयकी गोमा बर्तौला द्वितीय हुन सफल भएका छन् । यसैगरी २०० मिटर दौडमा छात्रतर्फ भवानी माविका विकास थिङ प्रथम र कालिका माविका अनिल गोले द्वितीय भएका छन् ।

छात्रातर्फ रत्नज्योति माविकी मङ्गली घलान प्रथम र कमलादेवी माविकी प्रकृति सुवेदी द्वितीय हुन सफल भएका छन् । ४०० मिटर दौडमा छात्रतर्फ रत्नज्योति माविकी निमा थिङ प्रथम र कालिका माविका सुनिल थिङ द्वितीय हुन सफल भएका छन् । छात्रातर्फ रत्नज्योति माविकी मङ्गली घलान प्रथम र कमलदेवी माविकी प्रकृति सुवेदी द्वितीय हुन सफल भएका छन् । यस्तै भलिबल प्रतियोगितामा कालिका मावि विजेता बनेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयका विद्यार्थीलाई कप, मेडल र प्रमाणपत्र वितरण गरिएको कैलाश गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्यबहादुर थिङले जानकारी दिनुभयो ।