हेटौंडा उपमहानगरपालिका परिसरमा वासुदेव रिजालको अर्धकदको शालिक अनावरण गरेर माल्यार्पण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले ५४ स्थापना दिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यमा स्थापना दिवस समारोह सोमबार बिहान आयोजना गरिएको छ ।

उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा नगरपरिसरमा हेटौंडा नगरका प्रथम प्रधानपञ्च वासुदेव रिजालको अर्धकदको शालिक अनावरण गरिएको छ । रिजाल २०२६ सालमा पहिलो प्रधानपञ्च बन्नु भएको थियो । उपमहानगरको स्थापना दिवसको अवसर उत्कृष्ट कर्मचारी र विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । हेटौंडा उपमहानगर परिसरमा नगर घण्ट पनि स्थापना गरिएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख एवं बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, हरि बहादुर महत, बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको आतिथ्य रहेको छ ।