हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–४, थानसिङमा आगोले पोलेर नवजात शिशुको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेको समयमा कोईला बालेर सेक्दै गरेको अवस्थामा २६ वर्षीय रुपेश घलेको ४ दिनको शिशुको शरीरमा बलेको कोइला परेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।