सुवास सापकोटा ।

हेटौंडाः नेपाली कांग्रेस निकट नेपाली विद्यार्थी संघ (नेविसंघ) मकवानपुरको सभापतिमा सुवास सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको संघको जिल्ला भेलाबाट सापकोटाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सन्तोष चौलागाईं, केशव भारती, आकाश भट्टराई, सुशान रुम्बा उपसभापतिमा चयन हुनुभएको छ । त्यस्तै सचिवमा सुनिल भोम्जन चयन भएको हो भने सहसचिवमा राजिब फुयाँल र सुमन अर्याल चयन भएको छ । त्यस्तै सदस्यमा बुद्ध ब्रामु, समीर जम्मकटेल बर्साद घिमिरे, भुवन घलान र बिनोद लामा चयन भएको छ ।